काठमाडौँ, फाल्गुण ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलाएको स्पष्ट पारे ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । “कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “सम्मानित सदनमा म दोहर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।”




