यस वर्षको बजेट सिलिङ १८ खर्बको रहेको छ: अर्थमन्त्री

`

     २०८० फाल्गुन ०४ गते ११:४३

काठमाडौँ, ४ फाल्गुन । आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिएका हुन ।

स्रोत समितिको बैठकले १८ अर्बको सिलिङ दिएको बताउँदै र्थमन्त्ती महतले ‘यस वर्षको बजेट सिलिङ १८ खर्बको रहेको छ ।’ उनले पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षको बजेट कटौती नभएको पनि बताए । संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै उनले बजेट कटौती नभएको प्रष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?