काठमाडौं, २ फाल्गुन । राष्ट्रिय महिला उद्यमी सम्मेलन लुम्बिनी प्रदेशको भैरहवामा हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन भैरहवामा गर्ने जानकारी दिएको हो ।
सम्मेलन आगामी शुक्रबार र शनिबार हुने संघले जनाएको छ । सम्मेलन महिला उद्यमी समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासङ्ग लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय र सहकार्यमा हुन लागेको हो ।




