काठमाडौँ, १ फागुन । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान सम्मेलन सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको सो पार्टीको भनाइ छ ।




