सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री किराँतीको दाबी

`

     २०८० माघ २६ गते १:४२

२६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् ।

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए । “विमानस्थल निर्माणका लागि पाँच करोड बजेट बिनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको छ”, उनले भने ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदलमा निर्माण हुने विमानस्थल महत्वपूर्ण भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?