राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन

`

     २०८० माघ २६ गते १२:३३

काठमाडौँ, २६ माघ । फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए ।

‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ । साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ । राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ । संवैधानिक परिषदमा शून्य हुने स्थिति आउन दिने छैन’, रातोपाटीसँग कुराकानी गर्दै सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?