जनता र समाजको सेवा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति

`

     २०८० माघ २५ गते ५:५२

काठमाडौं, माघ २५ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन्।

मीनकुमारी राणा प्रतिष्ठानले बिहीबार शितल निवासमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत र पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए।

‘राजनीतिलाई समाज सेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो। जनता र समाजको सेवा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्छ,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?