प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुदै

`

     २०८० माघ २४ गते ५:४९

काठमाडौं, माघ २४ । प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने बुधबारको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते अपराह्न ३ बजेभित्र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?