गगन थापाको ‘मेची महाकाली संवाद यात्रा’ स्थगित

`

     २०८० माघ २३ गते ११:५१

काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो ।

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन् ।

झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगन्जसम्म पुगेको थियो। उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?