काठमाडौं, माघ २२ । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ ।
उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो ।
धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे ।
उक्त समारोहमा मेनुकालाई सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे ।




