पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण

`

     २०८० माघ २१ गते ६:०७

काठमाडौँ, माघ २१ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन् ।

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए ।

आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?