मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिङ्ग्या शरणार्थी पक्राउ

`

     २०८० माघ २१ गते ३:११

काठमाडौँ, माघ २१ । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि बिहीबार ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा मच्चाएका थिए ।

रोहिङ्ग्याहरू आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई भागेर सम्पन्न, मुस्लिम बहुल बङ्गलादेश, मलेसिया, इन्डोनेसिया र अन्य मुलुकहरूमा पुगी शरणार्थी शिविरहरूमा बस्दै आएका छन् ।

थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्नेगरेका छन् । यसरी अवैधरूपमा विभिन्न मुलुक पुग्ने उनीहरूलाई पक्राउ गरी शिविर तथा हिरासत केन्द्रमा पठाइन्छ जहाँ सामान्यतया भीडभाड र फोहोर भएको अधिकारवादी समूहहरूले बताएका छन् । यसैबीच, अँध्यारोमा राजमार्ग पार गर्ने क्रममा बिहीबार भएको सडक दुर्घटनामा एक रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?