संशोधित विधान मस्यौदा अनुमोदन गर्न नेसपाको बैठक बस्दै

`

     २०८० माघ २१ गते ११:४७

काठमाडौँ, २१ माघ । संशोधित विधान मस्यौदा अनुमोदनका लागि नेपाल समाजवादी पार्टी (नेसपा)ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषय टुङ्ग्याउन कार्यकारिणी बैठक बोलाएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।

‘यही फागुनभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख थियो । तर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भएपछि एक वर्ष थप गर्ने निर्णय गरेका छौँ । साथै सङ्घीय परिषद् बैठक राख्ने वा नराख्नेबारे निर्णय लिनुपर्ने भएकाले कार्यकारिणी बैठक बोलाइको हो’, प्रवक्ता सोबले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?