इमरान खानलाई थप १४ बर्षको जेल सजाय

`

     २०८० माघ १७ गते १२:१८

काठमाडौँ, माघ १७ । पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान र उनकी पत्नी बुशरा बीबीलाई तोशखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

यसपछि खानले १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । निर्णय अनुसार दुवैलाई करिब २३ करोड ३७ लाखको जरिवाना समेत लगाइएको छ । यसअघि हिजो अर्थात मंगलबार रावलपिण्डीको विशेष अदालतले गोप्य चिठी चोरीको मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

उनीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि सजाय सुनाइएको छ । खानलाई २ दिनमा २४ वर्षको जेल सजाय सुनाइएको छ ।

गत महिना मात्रै पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो ९एनएबी० ले इमरान खान र बुशरा बीबीविरुद्ध तोशाखानासँग सम्बन्धित मुद्दा दर्ता गरेको थियो । जसमा उनीहरु दुबैले साउदी युवराजबाट उपहार स्वरुप पाएको हार बेचेको आरोप लगाइएको थियो । यो सुनुवाई गर्दै उत्तरदायित्व अदालतले बुधबार सजाय सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?