काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उनलाई पठाएको बधाई सन्देशमा बङ्गलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए ।




