सिमामा जनतालाई अनावश्यक दुस्ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको ध्यानाकर्षण

`

     २०८० माघ १५ गते १:२९

काठमाडौँ, १५ माघ । मधेशी आयोगले तराई–मधेशसंग जोडिएका नेपाल भारत सीमाका जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर गरिब जनताले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आएको भन्दै जनतालाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।

साथै उनले नेपाल–भारत सिमामा देखा परेका विभिन्न समस्याहरु न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील हुन् समेत सचेत गराएका छन् । अध्यक्ष डा।दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?