काठमाडौँ, १४ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् । आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताएका हुन् ।
‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन्’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्,‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’




