सुनको मुल्य स्थिर

`

     २०८० पौष ०५ गते ११:५६

काठमाडौँ, पौष ५ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?