काठमाडौं, १२ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश बन्दका क्रममा पक्राउ परेका नेता तथा कार्यकतालाई सम्मान गरेका छन् । मधेश बन्दका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरी बन्द सफल पार्न र बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुलाई न्याय दिलाउन मजवुद आधार तयार गरेको निश्कर्षसहित अध्यक्ष साहले नेता तथा कार्यकर्तालाई सम्मान गरेका हुन् ।
आजपाले हिजो (माघ ११ गते) मधेश बन्द आह्वान गरेको थियो । पूर्व घोषित मधेश बन्दको अभियानलाई सफल बनाउन निस्किएका आजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।




