१२ माघ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रूसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् ।




