काठमाडौँ, माघ ११ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले शिष्टाचार भेट गरेकी छिन् ।
राजदूत भोल्क राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शितलनिवास पुगेकी थिइन् । भेटमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।




