विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर

`

     २०८० माघ ११ गते ११:१८

काठमाडौं,११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर मतदान गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रकी चम्पा कार्की, नेकपा एमालेकी रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल चुनावी मैदानमा छन् ।

राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?