काठमाडौं, माघ ४ । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद(बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने जानकारी गराइन्।
गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।




