तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

`

     २०८० माघ ०४ गते १२:०३

काठमाडौँ, माघ ४ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?