आलमविरुद्धको अन्तिम सनुवाइ स्थगित

`

     २०८० पौष २९ गते ११:३२

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनैपनि न्यायाधीशले नतानेपछि स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुस २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, कुनैपनि न्यायाधीशले गोला नतानिएपछि स्थगितमा यो मुद्दा सूचीम परेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आलममाथि आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?