काठमाडौं, पुस २७ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक क्यु डोङ्ग्युले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताएका छन्।
नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्युले बताएका थिए।




