काठमाडौँ, पौष २६ । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश विष्णु रेग्मीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
विहिबार बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले अदालतमा पेस गरिएको थियो ।