काठमाडौँ, पौष २५ । कोशी प्रदेशका प्रमुख प्रशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो ।
सोहि सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रदेशको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।




