काठमाडौँ, पुस २५ । हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठस्थित घरबाट बरामद भएको नगद, मोबाइल र ल्यापटप लगाएका महत्त्वपूर्ण कागजात सार्वजनिक गरेको हो ।
सीआईबीका अनुसार बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।




