दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

`

     २०८० पौष २४ गते १:२९

काठमाडौँ, पौष २४ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार अकस्मात राजीनामा दिएका हुन् । स्रोतका अनुसार मङ्गलवार अध्यक्ष खनालले सञ्चारमन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएका छन् ।

अध्यक्ष खनाल २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?