हामी माओवादीहरू माथिको पनि प्रश्न हो

`

     २०८० पौष २३ गते ४:२६

काठमाडौं, पुस २३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरू गरेको र त्यो हमला आफूहरू माथिको हमला भएको बताएका छन्।

पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न तयार रहेको बताए।

जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो।

उनले आफूहरूले कोसिस गर्दा गर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे।

‘गणतन्त्रसहित उपलब्धिहरूमाथि निरंकुशतावादीहरूका तर्फबाट प्रश्न उठाउन थालिएको छ,’ पुनले भने, ‘यो व्यवस्था माथिको मात्र प्रश्न होइन, हामी माओवादीहरू माथिको पनि प्रश्न हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?