माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

`

     २०८० पौष २२ गते २:३७

काठमाडौंं,पुस २२ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लागेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?