काठमाडौँ, २२ पुस । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । २ सय १९ सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो ।
निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मैदानमा उत्रिएका छन् । करिव १० करोड मतदाताले मताधिकार प्रयोग गर्ने आँकलन गरिएको छ । मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र तोकिएको छ ।




