काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मा सरकारलाई दिने निर्णय

`

     २०८० पौष २० गते १२:५८

काठमाडौँ, २० पुस । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई जिम्मा लगाउने निर्णय गरेका छन् ।

बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको बैठकले उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?