भारतले नेपालमा २० करोड रूपैयाँसम्म सोझै खर्च गर्न सक्ने

`

     २०८० पौष १९ गते ४:५४

काठमाडौं,पुस १९ । नेपालस्थित भारतीय दूतावासले परियोजनाहरूमा सिधै खर्च गर्ने रकम बढाएर २० करोड रूपैयाँ पुर्‍याउने सम्झौतामा हस्ताक्षर भएको छ।

भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?