काठमाडौँ, पुस १९ । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् । विदेशमन्त्री जयशंकर काठमाडौं ओर्लिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
बिहीबार काठमाडौंमा हुने नेपाल(भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने छ ।




