काठमाडौँ, १८ पुस । नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ई।भुवन भट्टले जानकारी दिए ।




