भारतीय विदेशमन्त्री एस जयशंकर भोलि काठमाडौं आउँदै

`

     २०८० पौष १८ गते ११:१३

काठमाडौँ, १८ पुस । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भोलि बिहाबार नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी भोलि काठमाडौं आउन लागेका हुन् ।

विदेशमन्त्री जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।

उनीसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि आउनेछन् । साथै विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीलगायत विदेश मन्त्रालयका अधिकारीहरू आउने तय भएको छ ।

दुई दिने नेपाल बसाईको क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाहेक उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?