नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको कोरियाली पक्षको गुनासो

`

     २०८० पौष १७ गते ३:५६

काठमाडौँ, पुष १७ । कोरियाले भाषा परीक्षासम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकासचिव केवलप्रसाद भण्डारी सहितका अधिकारीहरुलाई भेटेका थिए । उनीहरुले कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत गराएका छन् ।

कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?