काठमाडौं, पुस १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्ने बताएका छन्।
‘बालकुमारीमा हाम्रो केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो। ठाउँ कता त थाहा छैन मलाई, आमुन्नेसामुन्ने छ श्रम मन्त्रालयअन्तर्गतको इपिएस कार्यालय। त्यो पश्चिमतिर थियो। हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर। हामी त बैठकमा पूरै व्यस्त थियौं, थाहा भएन। उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनुभएछ। त्यही क्रममा फस्नुभएको हो। अरू कुनै सिलसिलामा होइन,’ उनले भने।
‘यसलाई अन्यथा कसैले लिनुहुँदैन। हाम्रो पार्टी यसमा अत्यन्तै गम्भीर छ। यस सवालमा सरकार अत्यन्तै गम्भीर हुनुपर्छ। सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ। घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्छ,’ उनले भने।




