राजतन्त्रदेखि डराउनुपर्ने कुरा छैन : अध्यक्ष भट्टराई

`

     २०८० पौष १६ गते ३:५१

काठमाडौँ, पुस १ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजतन्त्र भनेर कराउनेहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा भट्टराईले अहिले जनताले छिटो–छिटो विकास र सुशासन खोजिरहेको बताए । ‘अहिले केही मान्छे राजतन्त्र भनेर कराइरहेका छन् । तर राजतन्त्र राँके भूतमात्रै हो, अहिले त्यसको उज्यालो देखेर मान्छे चिच्याइरहेका छन् । तर त्यसबाट केही हुनेवाला छैन । राजतन्त्रदेखि डराउनुपर्ने कुरा छैन,’ उनले अघि भने, ‘बरू जनताले चाहेजस्तो सुशासन र विकासको बाटोमा सबै दलहरू मिलेर अघि बढौँ ।’

अध्यक्ष भट्टराईले अहिलेको व्यवस्थामा कुनै पनि दलले बहुमत नल्याउने र स्थिर सरकार नहुँदा जनताले सुशासन र विकासको अनुभूति गर्न पाउने अवस्था नबनेको भन्दै सबै दलहरू मिलेर संयुक्त सरकार बनाउन प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?