चालु आर्थिक वर्षको अवधिमा लगभग २७ करोडको चुइगम आयात

`

     २०८० पौष १५ गते ११:५८

काठमाडौँ, १५ पुस । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।

विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?