बालकुमारी घटना बारे गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा जवाफ दिने

`

     २०८० पौष १५ गते १०:२३

काठमाडौँँ, १५ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाको विषयमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने भएका हुन् ।

उक्त समितिको भोलि (सोमबार) बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?