काठमाडौँ, १३ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए ।
त्यसपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताए ।




