काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ ।
पार्टीका महासचिव डा।सुरेन्द्र झाले भने, ‘महतोज्यू पार्टीको दोस्रो मुख्य व्यक्ति हुनुहुुन्छ, र पार्टीकै विरुद्धमा बोल्दै हिँड्नु भएको छ । यो पार्टीको अनुशासन विपरीत कार्य हो । यसमा उहाँलाई कारबाही हुनसक्छ ।’
महासचिव झाका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने बताए ।




