सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

`

     २०८० पौष १२ गते १२:१५

काठमाडौं,१२ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दामा आजपनि सुनुवाइ हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा तेस्रो दिनको सुनुवाइ हुन लागेको हो । आइतबार र बुधबार जाहेरीवाला गौशला २६ को तर्फबाट बहस भएकोमा आज प्रतिवादी सन्दीपका वकिलले बहस गर्नेछन् । आजै बहस सकिएको खण्डमा फैसला आउन सक्नेछ।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिएपनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?