काठमाडौं, पुस ८ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको छ।
आइतबार एक सूचना जारी गर्दै निगमले एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको हो।
‘ग्यास उद्योगदेखि ५० किलो मिटरको परिधिभित्र एलपी ग्यासको खुद्रा मूल्य १८ सय ९५ तोकिएको छ। तर, व्यापारीले तोकेभन्दा बढी मूल्य लिएको सूचना बाहिरिएको छ, निगमद्वारा जारी सूचनामा भनिएको छ, प्रचलित ऐन बमोजिम कारबाही हुन्छ।’




