दाङ, पुस ८ । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आइतबार हुने भएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओबादी केन्द्रकी कृष्णा केसी लाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए।
प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे हुने जानकारी दिएको छ।




