श्रीलंकाका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरी भ्रमण

`

     २०८० पौष ०६ गते ५:४७

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री शुक्रबार काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् ।

शुक्रबार। अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै, अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए ।

यसअघि यहाँ चिनियाँ विदेशमन्त्री वाङ यी पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?