एनसेल प्रकरण संसदको चौथो समितिमा प्रवेश

`

     २०८० पौष ०६ गते ५:०२

काठमाडौं,६ पुस । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा संसदको शिक्षा समितिले पनि छलफल गर्ने भएको छ ।

एनसेलको शेयर खरिद-बिक्रीलाईं लिएर यसअघि संसदकै सार्वजनिक लेखा, अर्थ र राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएका थिए । राज्य व्यवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दा लेखा र अर्थ समितिले यथार्थ विवरण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएका थिए ।

संसदको लेखा समितिले गरिरहेको काममा अनावश्यक हस्तक्षेप गरेको भन्दै राज्य व्यवस्था समितिविरुद्ध लेखा समिति प्रतिकारमा उत्रिएको थियो । अब चौथो समितिको रुपमा शिक्षा समितिले पनि छलफल गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?